अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

इंग्लीश प्रिमियर लिग फुटबल– म्यान्चेस्टर र आर्सनल विजयी

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:३१ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र आर्सनल विजयी भएका छन् । गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई ३–० ले हरायो । आफ्नै मैदानमा सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन ब्रुनो फर्नान्डेज, एन्टोनी मार्टीयल र मेसन ग्रिनउडले एक एक गोल गरे ।

गएराति भएको अर्को खेलमा आर्सनलले एभर्टनमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्यो । आर्सनलका लागि पिएरे एमरीक औबामायङ्गले दुई गोल गर्दा एडी एन्केतियाले एक गोल थपे । गएराति भएको अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्सले नरिच सिटीमाथि ३–० ले जित निकाल्यो । प्रिमियर लिग फुटबलमा आज राति लिभरभपुल र वेष्ट ह्याम युनाईटेड भिड्नेछन् ।

शीर्ष स्थानको लिभरपुलको २६ खेलबाट ७६ अंक छ भने एक खेल बढी खेलेको म्यान्चेस्टर सिटी ५७ अंकसहित दोस्रो स्थानमा छ । ५० अंकसहित लेष्टर सिटी तेस्रो स्थानमा रहँदा चौथो स्थानको चेल्सीको ४४ अंक छ ।

प्रतिक्रिया