अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:३० मा प्रकाशित

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार अचानक राजीनामा दिनुभएको छ । सोमबार उहाँले मलेसियाका राजासमक्ष राजीनामा बुझाएको मलेसियाली सञ्चारमाध्यम द स्टारले जनाएको छ ।

९४ वर्षीय महाथिरले नयाँ गठबन्धनको सरकार बनाउन चाहेको र अनवर इब्राहिमलाई प्रधानमन्त्रीका रुपमा चयन गर्नका लागि पनि राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गर्नुभयो । विश्वकै सबैभन्दा पाका प्रधानमन्त्रीका रुपमा महाथिर मोहम्मद सन् २०१८ को मेमा मलेसियाको सत्ता सम्हाल्नुभएको थियो । यसअघि सन् १९८१ देखि २००३ सम्म उहाँ मलेसियाका प्रधानमन्त्री बन्नुभएको थियो ।

महाथिरले राजीनामा दिए पनि उहाँको योजनाअनुरुप नयाँ सरकार बन्ने भने देखिएको छैन । महाथिरको मलेसियन युनाइटेड इन्डिजेनस पार्टीलाई सरकारमा समर्थन गरेको बर्सातु पार्टीले गठबन्धन तोडेको जनाएसँगै नयाँ सरकार गठनमा समस्या हुने देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू