अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणमा

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:२९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणका लागि आज भारत आउनुभएको छ । ट्रम्पको यो पहिलो भारत भ्रमण हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई स्वागत गर्नुभएको छ ।

विमानस्थलबाट राष्ट्रपति ट्रम्प साबरमती आश्रम पुग्नुभएको छ भने साबरमती आश्रममा रहेको ‘हृदय कुञ्ज मा चर्खा घुमाउनुभयो । त्यसपछि मोदी र ट्रम्प एक लाख १० हजार दर्शक क्षमता रहेको मोटेरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुगेर सम्बोधन गर्नुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको भारत भ्रमणका क्रममा नयाँ रणनीतिक ब्लु डट नेटवर्कका बारेमा छलफल हुने छ ।

यसलाई चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ बिआरआईलाई रोक्न ‘ब्लु डट नेटवर्क अघि सारिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । यो सन् २०१९ मा अमेरिकाले अघि सारेको एक विकास रणनीति हो । अमेरिका, अष्ट्रेलिया र जापानले सन् २०१९ को ४ नोभेम्बरमा थाइल्याण्डको बैंङ्ककमा आयोजित ‘इन्डो प्यासेफिक बिजनेस फोरममा यसको घोषणा गरेका थिए । ट्रम्पको भारत भ्रमणलाइ महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू