अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

पाँच दिनमा सगरमाथा चढ्ने टोलीलाई बिदाई

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:२८ मा प्रकाशित

नेपाल भ्रमण वर्षको अवसर पारेर पाँच दिनमा सगरमाथाको आरोहण गर्ने चार जना शेर्पाहरुलाई नेपाल भ्रमण वर्षको सचिवालयले आज बिदाई गरेको छ । आज काठमाडौमा पत्रकार सम्मेलन गरी पाँच दिनमा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सचिवालयले बिदाई गरेको हो ।

विश्वकै रेकर्डमा विन्टर सिजनमा सबै भन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने पहिलो टोली हुने छ । टोलीलाई नेपाल भ्रमण वर्ष अंकित ब्यानर सगरमाथाको चुचुरोमा फहराउन हस्तान्तरण गरीएको छ । विन्टर सिजन हिमाल आरोहणका लागि अफ सिजनको रुपमा लिइन्छ । तर पनि उनीहरुले अफ सिजनमा पनि हिमाल आरोहण गर्न सकिन्छ भन्ने सन्देश विश्वमा दिने उद्देश्यले हिमाल अरोहण गर्ने बताएका छन् ।

संखुवासभाको एउटै मकालु गाउँपालिकाका चारजना शेर्पाहरु प्रख्यात आरोहिको रुपमा परिचित छन् । हिमाल आरोही तथा टोलीका संयोजक टासीलाक्पा शेर्पाले विन्टर सिजनमा अक्सिजन विना सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य रहेको बताउनुभयो । भ्रमण वर्षसँगै विश्वजगतको ध्यान नेपालतिर खिच्ने आरोहणको मुख्य उद्देश्य रहेको बताइएको छ । विन्टर सिजनमा अहिलेसम्म दुई महिना लगायत विदेशी नागरिकले सगरमाथा आरोहण गरेको रेकर्ड छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू