अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

सरोकारवालाहरुका माग सम्बोधन गरी विधेयक अगाडि बढाउन आग्रह

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:२७ मा प्रकाशित

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी अगाडि बढाउन सभामुख अग्नीप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि लगायतका विधेयकहरुलाई सरोकारवालसँगको छलफल गरेर माग सम्बोधन गर्ने गरी अगाडि बढ्न आग्रह गरेको हो। कानुन निर्माण प्रकृयालाई प्रभावकारी बनाउन अन्तरक्रियात्मक हुनुपर्ने र सरोकारवाला पक्षलाई उत्प्रेरित गर्न आवश्यक रणनीति अख्तियार गर्ने दिशामा अगाडि बढ्न सभामुखको ध्यानाकर्षण गरिएको महासंघका महासविच रमेश विष्टले बताउनुभयो ।

महासंघका कार्यवाहक अध्यक्ष विपुल पोख्रेलले धेरैभन्दा धेरै नागरिकहरुको सहभागितामा रचनात्मक र सिर्जनात्मक ढंगले कानुन निर्माण प्रक्रिया स्थापना गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय आएका केही विधेयकका प्रवाधानहरुमा आफ्नो गम्भीर विमती रहेको उल्लेख गर्दै पोख्रेलले मिडियालाई स्वतन्त्र रुपमा अभ्यास गर्न सक्ने परिस्थितीको निर्माण गर्न माग गर्नुभयो ।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले छलफल र अन्तरक्रियाबाट अगाडि बढ्ने प्रयत्न आफूले गर्ने बताउनुभयो । परिवर्तनको गुणात्मकतालाई आत्मसाथ गरेर नियन कानुन बनाउने कुरामा भएका कमजोरी सच्याउन जनस्तरमा गएर ठूलो आधार तयार हुने उहाँको भनाई छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका प्राणवायु भएको उल्लेख गर्दै महासंघले केही विधेयकहरुमा स्वतन्त्रता सम्बन्धी बन्देज लगाउने प्रावधानहरु रहेकोले ती प्रावधानहरुलाई सच्याउन ध्यानाकर्षण गराएको हो। महासंघले सभामुखको सफल कार्यकालको बधाई तथा शुभकामना दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू