अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

जनयुद्धका घाइते र अपांगलाई सीप सिकाउन शिक्षा मन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:२६ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) लाई निर्देशन दिनुभएको छ । सिटिइभिटीको ३२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री पाखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेश आन्दोलन, थारु जनजाति आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन दिनुभयो ।

मन्त्री पोखरेलले सिटिइभिटीको गति बदल्दै शिक्षक उत्पादन, प्रयोगशाला निर्माण र सीप परीक्षण लगायतका कुरामा नयाँ ढंगले सोच्न निर्देशन दिनुभयो । सिटिइभिटी जागिर खुवाउने ठाउँ नभएर सीप र चरित्र सिकाउने ठाउँ भएको उहाँको भनाइ छ। सिटिइभिटीको पुरानो परिचय बदलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पोखरेलले त्यसका आफूले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

अबको २५ वर्षमा आइसिटी क्षेत्रको जनशक्ति अभाव हुने विभिन्न तथ्याङ्कहरुले देखाएको भन्दै पाखेरेलले रैथाने सीप र आधुनिक सीपलाई सँगै अगाडि बढाउनुपर्ने अवश्यकता रहेको उल्लेख गर्नुभयो । सिटिइभिटी उच्चस्तरिय जनशक्ति उत्पादनतर्फ नगएको भन्दै उहाँले सधैं सिएमए र अनमी उत्पादन गर्न नसकिने बताउनुभयो ।

सिटिइभिटीले ३२ औं वार्षिकोत्सव मनाइरहँदा मन्त्री पोखरेलले प्रयोशाला अभाव र शिक्षकहरुको अभाव रहेको स्वीकार गर्दै गुणात्मक जनशक्ति उत्पादनमा जोड दिन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू