अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

पोखरा फेवातालमा डुङगा पल्टियो, १ जना वेपत्ता, २ को शकुसल उद्धार

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:२६ मा प्रकाशित

पोखराको फेवातालमा डुङगा पल्टिदा एक जना बेपत्ता भएका छन् । वेपत्ता हुनेमा काठमाडौ महानगरपालिका १२ का २५ बर्षिय सुमित लुईटेल रहेका छन् । सोही ठाउँका रूपेश अधिकारी र सुबिन चालिसेको भने शकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका १८ खपैदी स्थित फेवाताल किनाराबाट उनीहरु ३ जना आफै डुङगा चलाएर फेवाताललमा सयर गर्ने क्रममा डुङगा पल्टिएको थियो ।

डुङगा पल्टिएको देखेपछि उद्धार लागि गएका पोखरा १८ खपौदीका ५० बर्षिय बुद्धि जलारी बेहोस भएपछि उनलाई समेत शसस्त्र प्रहरीले उद्धार गरेको थियो । जलारीको अहिले मेट्रोसिटि अस्पतालमा उपचार भईरहेको छ ।

हराईरहेका सुमित लुईटेलको नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । उनीहरु तीन जना पोखरा घुम्नका लागि आएका थिए । डुङगा चढ्दा लाइफ ज्याकेट लाउनु पर्ने अनिवार्य भएपनि उनीहरु ज्याकेट नलगाई डुङगामा चढेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू