अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

विश्वभरका प्रतिक्रियाबादी शक्तिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग आतंकित भए : प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:२४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसंग नेपालका मात्रै नभएर दुनियाका प्रतिक्रियाबादी शक्तिहरु आतंकित भएको बताउनु भएको छ । सोमबार गण्डकी प्रदेशको राजधानी पोखरामा नेकपाको प्रदेश स्तरीय प्रशिक्षण भेला कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली सो कुरा बताउनु भएको हो ।

बैचारिक र ब्यवहारिक प्रतिस्पर्धा गर्न नेकपा संग कुनै तागतले नसक्ने देखेर देशी विदेशी प्रतिक्रियाबादीहरु अत्तालिएको ओलीको भनाई थियो । नेकपा नेपाली समाज , जनता र पार्टी कार्यकर्ताको मनोभावना बुझेर कार्य गरेको जिकिर गर्दै प्रधानमन्त्रीले बाहिर आउने हल्लाको पछि नलाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय तहमा रहेका नेता कार्यकर्तालाई जनताको भावना अनुसार जनता संगै रहन निर्देशन समेत दिनुभएको छ ।

आयोजित प्रशिक्षण कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं बरिष्ठ नेता झलनाथ खनाल, नेकपाका सचिवालय सदस्य एवं  प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश), देवप्रसाद गुरुङ लगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका अर्का अध्यक्ष प्रचण्डपनि सहभागी हुने भनिए पनि कार्यब्यस्थताका कारण उहाँ उपस्थित हुन सक्नुभएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू