अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

कांग्रेससहित प्रमुख तीन दलको सहमति संसद अवरुद्ध नगर्ने सहमति

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:२२ मा प्रकाशित

मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने प्रतिपक्ष तीन दलहरुले सहमति गरेका छन्। सोमबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने निर्णय गरेका हुन्।

‘संसद अवरुद्ध गरेर मात्रै समस्याको समाधान हुँदैन’ कांग्रेस सचेतक पुष्पा भुसालले भन्नुभयो, ‘हामी तीन दल मिले अघि बढ्ने समझदारी बनाएका छौं।’ निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको छ।

कांग्रेसबाट सचेतक पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की र अतहर कमाल मुसलमान, समाजवादीबाट संसदीय दलका सचेतक उमाशंकर अरगरिया र राजपाबाट संसदीय दलका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण छलफलमा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू