अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

अमेरिकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

पहिलो पटक रक्तदान गर्ने: ३ जना

बिआरटीनेपाल २०७६ फागुन ११ गते ११:२६ मा प्रकाशित

पहिलो पटक रक्तदान गर्ने: ३ जना

कोलोराडो, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज-कोलोराडो च्याप्टर, ब्लड डोनर्स अफ अमेरिका र सिस्टर्स ग्रुप, थोर्टनको संयुक्त आयोजनामा फेब्रुअरी २२, २०२० शनिवारको दिन कोलोराडोको ब्रुमफिल्ड सहर स्थित बोनफिल्ड ब्लड सेन्टरमा रक्तदानको कार्यक्रम सम्पन्न भएको छ । ३ जनाले पहिलो पटक रक्तदान गरेका थिए । पहिलो पटक रक्तदान गर्नेहरुमा तारा अधिकारी, धर्म श्रेष्ठ र श्रवण कुमार लामिछाने हुन ।

रक्तदान जीवनदानको अवधारणालाई जोड दिन नेपाली समुदायमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छन् । बोनफिल्ड ब्लड सेन्टर ब्रुमफिल्डमा सम्पन्न रक्तदानमा जम्मा १७ जना महानुभावहरूले सहभागिता जनाए पनि १० जनाले रक्तदान गरेका थिए भने अन्य ७ जनाले विविध कारणले रक्तदान दिन पाएनन् । टिका पौडेल, भूपेन्द्र महत, पङ्कज तिमल्सिना, मनोजकाजी तुलाधर, वसन्त लम्साल, फणीन्द्र क्षेत्री र सम्झना आचार्य रक्तदान गरेका थिए ।

नेपाल वा अन्य देशमा गएको एक वर्ष भित्र रक्तदान गर्न नपाइने भए पनि यदि नेपालको काठमाडौँ या हिमाली भेगमा गएको खण्डमा भने रक्तदान गर्न सकिने साथै रक्तदान गर्न १६ वर्ष देखी २३ वर्ष उमेर सम्मकाले १३८ पाउन्ड भन्दा माथि वजन हुनुपर्ने र २३ वर्ष भन्दा माथिकोले ११० पाउन्ड भन्दा माथि वजन हुनु पर्ने प्रावधान रहेको  छ ।

उक्त ब्लड डोनेसन कार्यक्रममा श्रीराम लुइटेल, धन पौडेल, रेवत राज पौडेल, भूषण लाल श्रेष्ठ, पदम विश्वकर्मा र ज्योति क्षेत्रीको उपस्थिति थियो । स्मरण रहोस् ब्लड डोनर्स अफ अमेरिका र सोसाइटी अफ अमेरिकन नेपलिज नर्सेसको तेस्रो संयुक्त सम्मेलन डेनभरमा आउँदो जुलाईको १७ देखि १९ सम्म हुने भएको छ ।

 

 

प्रतिक्रिया