अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

पूर्वमन्त्री बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

बिआरटीनेपाल २०७६ फागुन ११ गते ५:५४ मा प्रकाशित

निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाविरुद्ध अभियानकर्मी विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले उजुरी दिएका हुन् ।

अडियो सार्वजनिक भएलगत्तै बास्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । आइतबार परेको उजुरीमा बाँस्कोटा भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गर्दै उजुरी परेको अख्तियार स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू