अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

अमेरिकामा लभ एण्ड सपोर्ट फाउन्डेसन फुटबल कप हुने

बिआरटीनेपाल २०७६ फागुन ९ गते ११:४३ मा प्रकाशित

नर्थक्यारोलेना, अमेरिका । संयुक्त राज्य अमेरिकामा लभ एण्ड सपोर्ट फाउन्डेसन कप २०२० फुटबल टुर्नामेन्ट हुने भएको छ ।
आउँदो मे २३—२५मा हुने उक्त टुर्नामेन्टमा अमेरिकामा रहेको नेपाली भाषी समुदायका टिम स्पर्धी रहनेछन् । कम्तीमा २० टिम प्रतियोगी रहने अपेक्षा गरिएको फाउन्डेसनका केन्द्रीय सचिव नारद गिरीले बताएका छन् ।

अमेरिकाको नर्थ क्यारोलाइना राज्यको ट्राइडमा आयोजना हुने उक्त टुर्नामेन्टमा विजेता र उपविजेता टिमलाई क्रमशः नगद ७ हजार र ५ हजार डलर, ट्रफि र प्रमाण—पत्रसाथ पुरस्कृत गरिने फाउन्डेसनका प्रेस तथा प्रकाशन विभागका संयोजक शिव विष्टले जानकारी दिएका छन् । फाउन्डेसनले उक्त टुर्नामेन्ट सञ्चालनमा अमेरिकी डलर करिब ३५ हजार खर्च हुने अनुमान गरिएको जनाएको छ ।

नर्थ क्यारेलेनामा रहेको गैरनाफामुलक तथा परोपकार गतिविधिमा संलग्न फाउन्डेसनले खेल, कला, सङ्गीत सम्बन्धी कायक्रमहरु सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू