अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

युक्रेनमा वुहानबाट उद्धार गरेका व्यक्तिहरु बोकेको बसमा आक्रमण, कोरोना भाइरस फैलने त्रास

बिआरटीनेपाल २०७६ फागुन ९ गते ८:२५ मा प्रकाशित

कोरोनाभाइरसबाट प्रभावित चीनको वुहानबाट उद्धार गरी युक्रेन ल्याइएका व्यक्तिहरु सवार बसमा प्रदर्शनकारीहरुले आक्रमण गरेका छन् । क्वारेन्टाइनमा राख्न ल्याइएका ४५ युक्रेनी नागरिकसहित अन्य २७ देशका नागरिकहरुलाई युक्रेन ल्याइएपछि कोरोनाभाइरस फैलन सक्ने भन्दै उनीहरु सवार बसमा प्रदर्शनकारीहरुले आक्रमण गरेका हुन् ।

प्रदर्शनकारीहरुले उद्धार गरेर ल्याइएका व्यक्ति चढेको बसलाई रोकेर आक्रमण गरेका थिए । उद्धार गरिएकाहरुलाई युक्रेनको नोभी सन्जारी हस्पिटलको क्वारेन्टाइनमा राख्न ६ वटा बसमा लगिदै थियो । प्रदर्शनकारीहरूले ढुंगा र आगोको लप्काले आक्रमण गरेका थिए । उद्धार गरिएका कसैलाई पनि कोरोना संक्रमण नरहेको युक्रेनका स्वास्थ्यमन्त्रीले जनाएका छन् ।

यद्यपि, सहरका बासिन्दाहरू भाइरस फैलने भन्दै प्रदर्शनमा उत्रिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनताहरूलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू