अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

ट्रम्पका पूर्व सल्लाहकारलाई ४० महिना जेल सजाय, संसदमा झुटो बोलेको आरोप

बिआरटीनेपाल २०७६ फागुन ९ गते ८:२३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक लामो समयदेखिका सल्लाहकार रोजर स्टोनलाई ४० महिनाका लागि जेल सजाय सुनाइएको छ । साथै अदालतले उहाँलाई २० हजार डलर जरिवाना पनि तोकेको छ ।

६७ वर्षीय स्टोनलाई अमेरिकी सांसदसँग सात पटकसम्म झुठ बोलेको, काममा अवरोध गरेको र विभिन्न महत्वपूर्ण विषयलाई गुमराहमा राखेको अभियोगमा अदालतले दोषी देखाउँदै सजाय सुनाएको हो । सन् २०१६ मा भएको चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका स्टोनलाई गएको हप्ता मात्रै राष्ट्रपति ट्रम्पले सल्लाहकारबाट हटाउनुभएको थियो ।

ट्रम्पले फरि पनि संकेत दिनुभएको छ कि आफ्ना सहयोगीलाई माफी दिन सक्नुहुनेछ । स्टोनले लगातार आफूविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाइरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू