अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

अमेरिकी राष्ट्रपति ट्रम्पको सञ्चार सुरक्षा ह्याक

बिआरटीनेपाल २०७६ फागुन ९ गते ८:१५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ । प्रणाली ह्याक भएको पुष्टि अमेरिकी रक्षा विभागले गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पसहित २ लाखको व्यक्तिगत विवरण ह्याक भएको अमेरिकी रक्षा विभागले जानकारी दिएको छ । राष्ट्रपति ट्रम्पको फोनवार्ता पनि ह्याक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चार सुरक्षाको जिम्मेवारी ‘डिफेन्स इन्फर्मेसन एजेन्सी’ ले लिएको छ । एजेन्सीमा ८ हजार सैनिक तथा नागरिक कार्यरत छन् । कसले केका लागि प्रणाली ह्याक गर्यो भन्नेबारे अनुसन्धान भइरहेको रक्षा विभागले जनाएको छ । विभागले अझै आक्रमणको खतरा रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू