अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९ | Colorodo: 16:54

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलामा ७८ हजारले नाघ्यो

बिआरटीनेपाल २०७६ फागुन ९ गते ८:१२ मा प्रकाशित

नेपाली बजारमा सुनको भाउले नयाँ उचाई लिएको छ । शुक्रवार आज छापावल सुन प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थीर छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा सेयर कारोबारमा मन्दी आएपछि लगानीकर्ताहरु सुनमा लगानी गर्न आकर्षित भएका छन् । अन्य वस्तुको तुलनामा सुनमा लगानी गर्दा लगानी सुरक्षण हुने देखिएपछि अन्तर्राष्ट्रिय बजारमा सुन अभाव भएको हो । यसको सिधा प्रभाव नेपाली बजारमा समेत देखिएको कारण सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो ।

मूल्य बढेसँगै कारोबार आधाभन्दा बढीले घटेको छ । बज्राचार्यका अनुसार अहिले बिहेको सिजन हो तर पोहोरको तुलनामा कारोबार कम भएको छ । गत वर्ष फागुन महिनामा महासंघ अन्तर्गत व्यवसायीले देशभर दैनिक ४० किलो भन्दा धेरै सुन बिक्री गर्ने गरेकोमा अहिले मुस्किलले १५ किलो हाराहारी मात्रै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू