अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

महाशिवरात्रि पर्व मनाईयो

बिआरटीनेपाल २०७६ फागुन ९ गते ८:०७ मा प्रकाशित

आज महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाईएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी शिवरात्रि पर्व मनाएका हुन् ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चारओटा प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व छ । बिहानैदेखि देशभरका शिवालयहरुमा दर्शनार्थी हरुको घुइँचो लागेको छ । बिशेषगरि पशुपतिनाथमा दर्शनका लागि बिहानैदेखि श्रद्धालुहरुको भिड लागेको थियो ।

बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारओटै ढोका खोलिएको थियो । यस वर्ष भने पाशुपत क्षेत्र फूलले ढपक्कै ढाकिएको छ । पाशुपत क्षेत्र अन्य वर्षहरुमा भन्दा धेरै भिन्न र व्यवस्थापन समेत राम्रो भएको भन्दै भक्तजनहरुले समेत खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू