अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

एमसीसीबारे अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो, सम्झौता हुबहु पारित नगर्न सुझाव

बिआरटीनेपाल २०७६ फागुन ९ गते ८:०० मा प्रकाशित

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएको छ । आज बसेको बैठकले कार्यदलले सुझावसहित तयार पारेको प्रतिवेदन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो ।

सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाइएको कार्यदलका सदस्य एवं नेकपा नेता भीम रावलले जानकारी दिनुभयो । सम्झौता हुबहु पारित नगर्न प्रतिवेदनमा सुझाइएको पनि बताइएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो । केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि अर्को पटक पुनः १० दिनको समय थपिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू