अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

कम्युनिष्टहरुको राम्रो संकेत देखिएनः प्रचण्ड

बिआरटीनेपाल २०७६ फागुन ९ गते ७:५८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको राम्रो संकेत नदेखिएको बताउनुभएको छ । कम्युनिस्टहरुले नभएको सत्ता प्राप्त गर्न सक्ने तर सत्तामा पुगेपछि आदर्शबाट विचलित भएका विश्व इतिहास रहेको भन्दै उहाँले नेपालमा पनि राम्रो संकेत नदेखिएको टिप्पणी गर्नुभयो ।

सोभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ता कसरी पतन भयो भन्ने उल्लेख गर्दै प्रचण्डले संकेत त्यति राम्रो नदेखिएको बताउनुभयो । कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायण विलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा प्रचण्डले कम्युनिस्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलाप देखिन थालेको बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू