अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

‘साग’को हिसाब–किताब तीन महिनाभित्र सार्वजनिक गरिन्छ – राखेप सदस्य सचिव सिलवाल

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:३७ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुदको पूर्वाधार तथा खेल सन्चालनमा स्थानीय निकायलाई आवश्यक रकम उपलब्ध गराइने बताउनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले खेलाडी उत्पादनमा देशभरका ७५३ ओटै स्थानीय तहमा पूर्वाधार निर्माणमा राखेप लागिपरेको बताउनुभयो ।

उहाँले राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दन्ड, सजायको दायरामा ल्याइने चेतावनी समेत दिनुभयो । सदस्यसचिव सिलवालले गण्डकी प्रदेशमा आगामी वर्षको फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणमा जुटिसकेको जानकारी समेत दिनुभयो । गएको मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को हिसाब–किताब तीन महिनाभित्र सार्वजनिक गर्नेसमेत उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू