अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

सुनको मूल्यमा पुनः नयाँ कीर्तिमान

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:३५ मा प्रकाशित

बिहीबार पनि सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ । स्थानीय बजारमा छापावाल सुनको भाउ तोलाको ७७ हजार ६०० रुपैयाँ पुग्यो ।अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोलाको ७७ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

बुधबार पनि तोलामा ४०० ले बढेर सुन तोलाको ७७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ९१५ मा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स १६ सय ११ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू