अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

आर्थिक हिनामिनाको आरोपमा नेपाल प्रहरीका दुई पूर्व डीएसपी पक्राउ

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:३३ मा प्रकाशित

नेपाल प्रहरीका दुई पूर्व प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन् । आर्थिक हिनामिनाको आरोपमा अख्तियारले दुईजना डीएसपीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रिलोक चन्द र कृष्णबहादुर कुँवर रहेका छन् । कार्यरत नै नरहेका प्रहरीको नाममा किर्ते हस्ताक्षर गरी तलब निकासा गरेर आर्थिक हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

२०७०–७१ मा हुम्लामा लेखापालसँग मिलेर प्रहरीको तलव र रासनलगायतमा भएको अनियमिततामा हुम्लामा प्रहरी प्रमुख भएर काम गरेका दुवैलाई उजुरी परेपछि अख्तियारले पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू