अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

सञ्चारमन्त्री प्रकरणमा आफ्नो संलग्नता नरहेको स्वीस दूतावासद्वारा जानकारी

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:३० मा प्रकाशित

सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्विटजरल्यान्डको एउटा प्रिन्टिङ कम्पनीका एजेण्टसँग कमिशन बार्गेनिङ गरेकोबारेमा दूतावासले मुख खोलेको छ । काठमाडौंस्थित स्विस दुतावासले आज एक वक्तव्य जारी गर्दै यस प्रकरणमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालले करिब २७ अर्ब खर्चिएर किन्न लागेको भनिएको प्रिन्टिङ प्रेससम्बन्धी कुनै पनि छलफलमा दूतावासको संलग्नता नरहेको जनाएको छ । प्रिन्टिङ प्रेस खरिदसम्बन्धमा दुतावाससँग कुनै पनि छलफल नभएको र विजय प्रकाश मिश्र स्विस कम्पनीका एजेण्ट पनि नभएको स्पष्ट पारेको छ । दूतावासले सेक्युरिटी प्रिन्टिङबारे यसअघि कुनै छलफल नभएको जनाउँदै आगामी दिनमा पनि यसबारे छलफल हुने कुनै सम्भावना नरहेको पनि जनाएको छ ।

समाचारमा उल्लेखित (विजय प्रकाश मिश्र) सँग दूतावासको कुनै सम्बन्ध नरहेको पनि विज्ञप्तिमा भनिएको छ । दुतावासले ती व्यक्ति स्वीस कम्पनीको स्थानीय एजेन्ट पनि नरहेको विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू