अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

बाँस्कोटाको अडियो बाहिर्याउने मिश्रलाई पक्राउ गर्न संसदीय समितिको पत्राचार

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:२४ मा प्रकाशित

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र हत्या र संसदीय समितिको अपमान गरेको भन्दै दुईजनालाई पक्रेर कार्वाही गर्न प्रहरीसमक्ष उजुरी दिएको छ । समितिका सदस्य र समितिबारे अफवाह फैलाएको भन्दै पक्राउ गरी कार्वाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई समितिले पत्र लेखेको हो ।

समितिको बिहीबारको बैठकमा नेकपा संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर फेसबुकमा प्रभातकिशोर उपाध्यायले अफवाह फैलाएको भन्दै आपत्ति जनाउनुभयो । उपाध्यायले सांसदहरूका नाम र तस्बिरसहित कति रकम दिइयो भन्दै फेसबुक अकाउन्टमा लेख्नुभएको थियो ।

त्यस्तै, स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रले संसदीय समितिले गलत निर्णय गर्न लागेको भनेर एक अनलाइन पोर्टललाई बताएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए । मिश्रले नै निवर्तमान सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग गरेको कुराकानीको अडियो सार्वजनिक गर्नुभएको थियो ।

जर्मन कम्पनीलाई सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस नेपालमा स्थापना गर्न दिन लागिएको थियो भनेर बोलेकोमा पनि पक्रेर अनुसन्धान गर्न समितिले भनेको छ । समिति सभापति भरतकुमार शाहको निर्देशनपछि सचिवालयले प्रहरीलाई पत्र लेखेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू