अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग राख्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:२२ मा प्रकाशित

सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो ।

अडियोमा एजेन्टले मन्त्रीलाई ५४/५५ करोड आउने बताएका छन् । राष्ट्रियसभाको आजको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गर्नुभयो । साथै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने उहाँको माग छ । लगतै कांग्रेस सांसद आ आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका हुन् । अर्को बैठक १५ फागुनमा बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू