अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३२ | Colorodo: 13:47

सुशासनका लागि लडिरहेको छु, नजिक/टाढाका भनेर गल्ती गर्ने कसैलाई छाड्दिन – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:१८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफूले नजिक र टाढाका मानिस भनेर विभेद नगर्ने प्रष्ट पार्नुभएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ को आज लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले सुशासन र प्रणालीका लागि लड्दा कतिको पद धरापमा पर्ने भन्दै बिभेद नगर्ने घोषणा गर्नुभएको हो ।

‘सुशासन र सिस्टमका लागि लडेको छु । सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न एउटा स्वीस कम्पनी एजेन्टसँग कमिसन मागेको भन्दै अडिओ टेप सार्वजनिक भएको केही घन्टापछि प्रधानमन्त्री ओलीबाट यस्तो प्रतिक्रिया आएको हो । मन्त्री बाँस्कोटाले राजीनामा दिइसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू