अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

नैतिकताका आधारमा राजिनामा दिए – मन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:१७ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूबारे प्रश्न उठेकाले पदबाट राजीनामा दिएको जानकारी गराउनुभएको छ । सेक्युरिटी प्रिन्टर खरिदमा स्विस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रसँग ५५ करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा दिएको जानकारी गराउनुभएको हो ।

उहाँले राजीनामापत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा पुगेर बुझाइसकेको समाजिक सञ्जार ट्विटरमार्फत जानकारी गराउनुभयो । उहाँले कञ्चनपुरबाट फर्किएलगत्तै पदबाट राजीनामा दिनुभएको हो । बाँस्कोटाले कञ्चनपुरमा आयोजित एक कार्यक्रममा आजै आफूले कुनै गल्ती नगरेको भन्दै नखाएको विष नलाग्ने तर्क गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू