अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 09:40

गजल

दिंग्लाली कान्छो २०७६ फागुन ७ गते ८:५३ मा प्रकाशित

सोम प्याला सँगै प्युने जाम हौ कि तिमी
रित्तो मन भराउने धाम हौ कि तिमी

सुन्दरता त्यति धेरै कहाँ बाट पायौ
उर्वशी नै बिर्साउने नाम हौ कि तिमी

एकान्तमा सम्झी बस्छु मन मनै ठान्छु
मनै हर्ने सुन्दरीको लाम हौ कि तिमी

न्यानो बढ्छ सधैँ किन तिमी छेउ हुँदा
शिशिरको जाडो चिर्ने घाम हौ कि तिमी

प्रणयको सूत्र लेखी ईश्वरले कतै
मेरै निम्ति पठाएको खाम हौ कि तिमी

प्रतिक्रिया