अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

अफगानिस्तानमा असरफ घानी राष्ट्रपतिमा पुनः निर्वाचित

बिआरटीनेपाल २०७६ फागुन ७ गते ७:२५ मा प्रकाशित

अफगानिस्तानमा राष्ट्रपति असरफ घानी पुनः निर्वाचित हुनुभएको छ । निर्वाचन भएको पाँच महिनापछि घानीलाई निर्वाचित भएको घोषणा गरिएको हो । विपक्षी दलहरुले निर्वाचनमा धाँधली भएकाले घानी निर्वाचित भए अफगानिस्तन पुन संकटमा फस्ने भन्दै विरोध गर्दै आएका थिए । नव निर्वाचित घानीले ५० प्रतिशत भन्दा बढी मत ल्याएको अन्तर्र्रािष्ट्रय समाचार संस्थाहरुले जनाएका छन् ।

राष्ट्रपति घानीका मुख्य प्रतिष्पर्धी अब्दुल्लाह अब्दुल्लाहले ३९ प्रतिशत मत्र प्राप्त गरेका छन् । गत सेप्टेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीहरुले घानीको कडा विरोध गरेका थिए । उनीहरुले केही स्थानमा मात्र स्वतन्त्र र निष्पक्ष निर्वाचन भएको दावी गरेका छन्। निर्वाचन आयोगका प्रमुख हवाम आलम नुरिस्तानीले पत्रकार सम्मेलन गरेर घानी विजयी भएको घोषणा गर्नुभएको हो ।

तालिवानीहरुसँग शान्ति वार्ताको प्रयास जारी रहेका बेला चुनावी नतिजा सार्वजनिक गरीएको हो । सन् २००१ मा अमेरिकाले तालिवानीहरुको सत्ताच्यूत गराएपछि निर्वाचन भएको यो चौथो पटक हो । ३७ करोड जनसंख्या रहेको अफगानिस्तानमा करिव १० करोड मतदाता रहेका छन् । तर सुरक्षाका कारण मतदाताको अनुपातमा कम मत खसेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू