अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

दमौलीमा लोक साँस्कृतिक महोत्सव सुरु

बिआरटीनेपाल २०७६ फागुन ७ गते ७:२३ मा प्रकाशित

प्रथम व्यास नगरस्तरीय बहुजातीय लोक साँस्कृतिक महोत्सव बुधबारदेखि तनहुँको सदरमुकाम दमौलीमा सुरु भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान तनहुँको आयोजना तथा व्यास नगरपालिकाको प्रायोजक र नेपाल आदिवासी जनजाति महासंघ तनहुँको सहयोगमा दमौलीमा दुईदिने लोक साँस्कृतिक महोत्सव सुरु गरिएको हो ।

विभिन्न जातजातिका र्यालीले दमौलीबजारको परिक्रमा गरी महोत्सवस्थलमा पुगेका थिए । जिल्लामा रहेका २५ भन्दा बढी जातजातिका कला, संस्कृति झल्किने प्रस्तुति महोत्सवमा देखाइएको थियो । महोत्सवमा जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिका मानिसहरुले आफ्नो कला, संस्कृति, भेषभूषा, खानाका परिकारका साथै मौलिक संस्कृति प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू