अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

चिनियाँ दूतावासको विज्ञप्ति निन्दनीय – पत्रकार महासंघ

बिआरटीनेपाल २०७६ फागुन ७ गते ७:२२ मा प्रकाशित

नेपाल पत्रकार महासंघले ‘द काठमाण्डु पोष्ट’मा प्रकाशित समाचारको विषयलाई लिएर काठमाडौंस्थित चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ । बुधबार एक विज्ञप्ति निकाली महासंघले दूतावासको विज्ञप्तिमा उल्लेख गरिएका विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो भन्दै महासंघले ‘कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत् पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैंमा निन्दनीय छ’, भनेको छ ।

महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा ‘महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’ भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू