अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

खरिपाटी क्वारेन्टाइनमा रहेका सबै जना स्वस्थ्यः स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७६ फागुन ७ गते ७:०८ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खरिपाटी क्वारेन्टाइनमा रहेका सबै जना स्वस्थ्य रहेका छन् । चीनको वुहानबाट उद्धार गरी ल्याएका सबैको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नरहेको पाइएको छ । क्वारेन्टाइनमा रहेका सबैको थ्रोट स्वाब (घाँटीको र्याल) परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभेटिएको हो ।

उनीहरुको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । वुहानबाट उद्दार गरेर ल्याइएका १ सय ७५ नेपालीलाई त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य जाँचपछि खरिपाटीस्थि क्वारेन्टाइनमा लगिएको थियो । क्वारेन्टाइनमा उनीहरुलाई बस्न विशेष व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू