अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

प्रजातन्त्र दिवस मनाइँयो

बिआरटीनेपाल २०७६ फागुन ७ गते ७:०६ मा प्रकाशित

प्रजातन्त्र दिवस आज मलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको हो ।

प्रजातन्त्र दिवसको अवसरमा आज राष्ट्रपति भण्डारीको उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको थियो । टुँडिखेलमा नेपाली सेनाले तोपसहित बढाइँ गरेको छ । आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । प्रजातन्त्र दिवसमा घर घरमा दीपावली गरी तथा विद्यालय, संघ संस्था, नगरपालिका र प्रदेशमा समेत दिवस मनाईएको छ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासलेसमेत विभिन्न कार्यक्रम गरी दिवस मनाएको सरकारले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै लोकतान्त्रिक शासनको स्थापना र विकासका लागि गरिएका २००७ सालको जनक्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२ र ६३ को जनआन्दोलन, मधेस आन्दोलन सहित विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति श्रद्वान्जली अर्पण गर्नु भएको छ ।

आदोलनका घाइते तथा ज्यूँदा शहीदको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शहीद परिवार र लोकतन्त्रको प्राप्तिको लडाईमा संलग्न प्रजातन्त्रका सेनानीप्रति उच्च सम्मान प्रकट गरेको प्रधानमन्त्रीद्वारा जारी गरिएको सन्देशमा उल्लेख गरिएको छ । प्रधानतन्त्र दिवसमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामख अग्निप्रसाद सापकोटा , राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि शभकामना दिनुभएको छ । दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र कर्ममा उत्रन र व्यवहारमा देखिन आवश्यक रहेको भन्दै उहाले केही टाठाबाठा र केहीको आर्थिक स्वार्थका लागि मात्र होइन सबै जनताले प्रतिफल पाउनुपर्ने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू