अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

न्यायपालिकामा हस्तक्षेप भएको काँग्रेस सभापति देउवाको आरोप

बिआरटीनेपाल २०७६ फागुन ७ गते ७:०५ मा प्रकाशित

काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीमा राजनीतिक हस्तक्षेप काँग्रेसलाई स्वीकार्य नहुने बताउनुभएको छ । धरान उपमहानगरपालिकाले ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गरेको कार्यक्रममा सभापति देउवाले जनताले लडेर ल्याएका अधिकार सुरक्षित गर्न राज्यका अंगहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने धारणा राख्नुभयो ।

स्वतन्त्रतापुर्वक काम गर्न नदिएसम्म राजनीतिक आन्दोलन गरेर प्राप्त भएको अधिकारको अर्थ नहुने सभापति देउवाको भनाइ थियो । सभापति देउवाले सर्वभौम शक्तिको स्रोत जनता भएकाले २००७, ०४६ साल, ०६२/ ६३ मा लडेर ल्याएका अधिकारहरु कसैले कुनै पनि बाहानामा हटाउन नसकेको धारणा राख्नुभयो । प्रजातन्त्रमा बोल्न, लेख्न, आलोचना गर्न पाउने अधिकार सुरक्षित हुनुपर्ने सभापति देउवाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू