अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

प्रधानमन्त्री ओलीको मुटुमा समस्या, अस्पताल भर्ना

बिआरटीनेपाल २०७६ फागुन ६ गते ७:३९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । मुटुमा समस्या देखिएपछि उहाँलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । सोमबार गृहजिल्ला झापामा ६ भन्दा बढी योजना शिलान्यास र उद्घाटन गरेर फर्किएका ओलीको मुटुमा समस्या देखिएपछि मंगलबार अपरान्ह अस्पताल भर्ना गरिएको हो ।

मुटुमा समस्या देखिएपछि ओलीलाई मंगलबार अपरान्ह त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको प्रधानमन्त्री ओलीको मुटुको मनमोहन भास्कुलर सेन्टरस्थित क्याथ ल्याबमा एन्जिओग्राफी गरिएको थियो ।समयमै एनजिओग्राफी गरेकाले प्रधानमन्त्री ओली खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।

१३ वर्षअघि भारतको दिल्लीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू