अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१३ | Colorodo: 14:28

सेनाले शिवरात्रीको रिहर्सल गर्दा उडान अस्तव्यस्त – नेपाल एअरलाइन्सको जहाज दिल्ली फर्कियो

बिआरटीनेपाल २०७६ फागुन ६ गते ७:३७ मा प्रकाशित

शिवरात्रीको लागि नेपाली सेनाले रिहर्सल गर्दा नेपाली आकाशको उडान अस्तव्यस्त भएको छ । शिवरात्रीको लागि नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर र जहाज उडाउने र विभिन्न खेल देखाउनको लागि मंगलबार रिहर्सल गरेको थियो ।

यसकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा दर्जनौँ जहाज आकाशमै घुम्नुपरेको छ । नेपाल एअरलाइन्सको दिल्लीबाट आएको जहाज दिल्ली नै डाइभर्ट भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

घन्टौँसम्म आकाशमा जहाज होल्ड हुँदा यात्रुले आक्रोश पोखेका छन् । तर विमानस्थलले भने जारी गरेको नोटामको उल्लंघन गर्न खोज्दा जहाज घुम्नुपरेको र यात्रुले दुःख पाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू