अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

अष्ट्रेलियाको सिड्नीमा नेपाली युवा मृत

बिआरटीनेपाल २०७६ फागुन ६ गते ७:३३ मा प्रकाशित

अष्ट्रेलियाका सिड्नी समुन्द्री तटमा एक नेपाली युवक मृत फेला परेका छन्। नेपाली समुदायमा परिचित युवा फुटबलर अमित सोनार समुन्दी तटमा मृत अवस्थामा भेटिएका हुन्। ३२ वर्षीय सोनारको शव सिड्नीको वाटामाला समुन्द्री तटमा मंगलवार दिउसो फेला परेको प्रहरीले जनाएको छ। सोनार आइतबारदेखि नै सम्पर्क विहीन भएपछि उनकी श्रीमतीले प्रहरीमा जानकारी गराएकी थिइन्।

प्रहरीले मोवाइल लोकेसनको आधारमा ती युवकको शव पत्ता लगाएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। उनी सन् २००७ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए। पिआर लिन सजिलो होस् भनेर गत वर्ष उनले श्रीमतीलाई पढ्नका लागि तास्मानिया पठाएका थिए।

सोनार पनि तास्मानिया जाने तरखरमा रहेको एनआरएन अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले जानकारी दिनुभयो । सोनार सिड्नीको ग्रानभिल फ्रेण्ड्स र जेन्टजर्ज क्लबबाट फुटबल खेल्ने गर्दथे। मृतकको अन्तिम संस्कारका लागि एनआरएनले आवश्यक सहयोग उपलब्ध गराउने प्रवक्ता गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू