अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

सरकारलाई कर्मचारी संगठनको धम्की , ट्रेड युनियन खारेज गरे आन्दोलन थाल्ने

बिआरटीनेपाल २०७६ फागुन ६ गते ७:२५ मा प्रकाशित

नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ । फागुन २ र ३ गते भक्तपुरमा बसेको सातौं केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गर्ने प्रयास गरेको भन्दै सरकारलाई चेतावनी दिनुभएको हो । ट्रेड युनियनलाई संकुचित गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेको भन्दै देवकोटाले आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

संघीय निजामति कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेको उल्लेख गर्दै उहाँले आपत्ति जनाउनुभयो । ट्रेड युनियन खारेज गर्नेगरी ऐन ल्याइए आन्दोलन गर्ने र त्यसका लागि वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा ‘आन्दोलन तयारी तथा परिचालन समिति’ गठन गरिसकेको समेत देवकोटाको भनाई छ ।
देवकोटाले भ्रष्टाचार गर्ने तथा गलत गर्ने कर्मचारीलाई कारबाही गर्न संगठनले सधैं सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । बैठकले भ्रष्टाचार निवारणका लागि सबै जिल्ला र प्रदेशमा भ्रष्टाचार विरोधि अभियानहरु सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू