अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

ललिता निवास प्रकरणप्रति गगन थापाको व्यंग्य– गोकुल धाममा गएर खड्ग उचाल्नु, ४ पटक विष्णु विष्णु भन्नू

बिआरटीनेपाल २०७६ फागुन ६ गते ७:२४ मा प्रकाशित

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले अख्यितार दूरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा हिनामिना प्रकरणमा विभेद गरेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेसका युवा नेता थापाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा ललिता निवास प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि व्यंग्य गर्नुभयो ।

कांग्रेस नेता थापाले त्यसलाई स्वस्थानी ब्रत कथामा उच्चरण गर्नुभयो । ‘कुमार जी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि अब उप्रान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु थाहा पाइहाले होइन होइन भन्नू’ उहाँले भन्नुभयो, ‘चित्त बुझाउन नसके अफ्ठ्यारो पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र २ पटक विष्णु विष्णु भन्नु ।

त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियार पुराणे कुमार विष्णु सम्बादे श्री स्वस्तानी कथाले बालुवाटार प्रकरण वर्णायम प्रथम अध्याय धन्यवाद ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू