अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा

बिआरटीनेपाल २०७६ फागुन ६ गते ७:२२ मा प्रकाशित

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज मंगलबार तोलामा २ सय रुपैयाँले बढेर सुन ७६ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ अझै बढ्न सक्ने महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

उहाँका अनुसार चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा परेको हो । यस अघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको शाक्यले बताउनुभयो ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १५ सय ८७ डलर पुगेको छ । यो भाउ अझै बढ्ने पूर्वानुमान छ । यस अघि गएको पुस २३ गते सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यस यता सुनको भाउमा केही उतारचढाव आइरहेकोमा मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर अहिलेसम्मकै महंगो भएको हो ।

प्रतिक्रिया