अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

कोरोना भाइरसको उपचार भन्दै पासवर्ड चोरी

बिआरटीनेपाल २०७६ फागुन ५ गते १३:१५ मा प्रकाशित

एजेन्सी । कोरोना भाइरसको गोप्य उपचार फेला पर्‍यो । जान्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । तपाईँलाई यस्तो इमेल वा अन्य माध्यमबाट सूचना आएको छ ? छ भने सतर्क रहनुहोस् । कोरोना भाइरसको उपचार फेला पर्‍यो भनेर लिङ्कमा क्लिक नगर्नुहोस् । त्यो लिङ्क कोरोना भाइरसको उपचार दिने नाममा मानवीयता माथि नै गरिएको मजाक मात्र नहुन सक्छ । उल्टो तपाईँको कम्प्युटर भाइरसग्रस्त बनाउने वा तपाइको विभिन्न एकाउन्टको पासवर्ड चोरी गर्ने षड्यन्त्र हुनसक्छ ।

प्रुफ प्वाइन्टसँग सम्बन्धित अनुसन्धानकर्ताहरुले अपराधीहरूले कोरोना भाइरस उपचारको हौला फैलाएर कम्प्युटर भाइरस ग्रस्त बनाइ दिएको तथा पासवर्ड चोरी गरेको प्रमाण बिहीबार ब्लग मार्फत सार्वजनिक गरेका छन् । ‘कोरोना भाइरसका नाममा आएका इमेल र वेबसाइटसँग सतर्क रहनुपर्छ,’ प्रुपप्वाइन्टका एक अधिकारी शेरड डिग्रिप्पोले भनेका छन् ।

एन्टिभाइरसले डिजिटल कमजोरीका आधारमा बनाइएका भाइरस रोक्छ । तर, प्रुप प्वाइन्टले कोरोना भाइरसका नाममा स्वयं अपराधीहरूले ‘पिशिङ अट्याक’ गर्ने जनाएको छ जसलाई एन्टिभाइरसले रोक्न नसक्ने उनीहरूको भनाइ छ । उनीहरूले कोरोना भाइरसको उपचार वा जानकारी भन्दै दिइएको कुनै पनि इमेल र वेबसाइट खोल्दा तथा लिङ्क क्लिक गर्दा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू