अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 05:13

रुपन्देहीमा किशोरीमाथि सामूहिक बलात्कार, ३ युवा पक्राउ

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:५४ मा प्रकाशित

रुपन्देहीको मर्चवारमा एक किशोरी माथि सामुहिक बलात्कार भएको छ । आइतबार राती ११ बजे सम्मरीमाई गाउपालिकमा १६ वर्षीया किशोरी माथि सामूहिक बलात्कार भएको हो। गाउँमा महायज्ञ चलिरहेका बेला आफ्नै घरभित्र रहेकी किशोरीलाई घर बाहिर बोलाएर नजिकै निर्माणाधिन अवस्थामा रहेको भवनमा लगेर तिन जना युवाले बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

पिडितका आफन्तले सोमबार बिहान इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर जाहेरी दिएपछि घटना बाहिर आएको हो । किशोरीको भैरहवास्थित भिम अस्पतालमा उपचार भइरहेको छ । बालिकाको बुवा अस्वस्थ रहेका कारण आमा र बुवा उपचारको लागि भारतको मुम्बईमा छन् । किशोरी शारिरी रुपमा अस्वस्थ हजुरबुवा, एक बिहिनी र भाईसँगै बस्दै आएकी छन् ।

बलात्कारमा संग्लन तिन युवा पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कोहार ईलाका प्रहरी कार्यालय मर्चवारको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक चित्र बहादुर घलेले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू