अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र गरेको होइन – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:५२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताउनुभएको छ । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमा बाँकेमा आयोजित पाँच नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले पद र प्रतिष्ठा प्राप्त गर्नका लागि पार्टी एकता नभएको प्रष्ट पार्नुभयो ।

मुलुक र जनताको समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य सुदृढ गरी समाजवादको मार्ग तय गर्न पार्टी एकता गरिएको प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले विभिन्न मतभेदलाई चिर्दै धैर्यसाथ एकताको कामलाई स्थानीय तहसम्म र्पुयाएर जनतामा सकारात्मक सन्देश दिन पार्टी सफल भएको जिकिर गर्नुभयो । राज्य र विद्रोही शान्ति सम्झौतामा आएर देश निर्माण गर्न सक्नु नै महत्वपूर्ण उपलब्धि भएको उहाको भनाई छ ।

नेकपा प्रदेश नं ५ कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र मुख्यमन्त्री पोखरेलले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्रदेश नं ५ का पार्टी कमिटीका तीन हजारभन्दा बढी सदस्यको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू