अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१६ | Colorodo: 16:31

एक दिवसीय क्रिकेटमा नेपाल एक स्थान उक्लियो, १७ बाट १६ औं स्थानमा

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:५१ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७ औं बाट १६ औं स्थानमा उक्लिएको छ । नेपालले घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ४ खेलमा २ जित निकालेको थियो ।

जसमा नेपालले अमेरिकालाई हरायो भने ओमानसँग दुवै खेलमा पराजित भएको थियो । नयाँ वरियतामा नेपालले १२ खेलमा २० रेटिङ अंक पाएको छ । नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू