अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५८ | Colorodo: 09:13

जापानकोे क्रुज सीप क्वारेन्टाइनमा रहेका चार सय अमेरिकी नागरिकको उद्धार

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:४९ मा प्रकाशित

जापानको क्रुज सीपको क्वारेन्टाइनमा रहेका आफ्ना नागरिकहरुको अमेरिकाले उद्धार गरेको छ । अमेरिकारले दुई वटा विमान पठाएर क्रुज सिपमा रहेको आफ्ना ४ सय नागरिकहरुको उद्धार गरेको हो । कोरोना भाइरसको संक्रमण फैलिएपछि जापानमा रहेका अमेरिकी नागरिकलाई क्रुजमा क्वारेन्टाइनको लागि राखिएको थियो । गत फेबु्रअरी ३ देखि ४ सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोना भाइरसबाट संक्रमित ४० जना अमेरिकी नागरिकहरुको भने जापानमा नै उपचार गरिने भएको छ । जापानको योकोहामा बन्दरगाहमा सञ्चालनमा रहेको क्रुजमा हङकङका एक जना नागरिकमा कोरोना भाइरस भएपछि सो क्रुजमा रहेका ३ हजार ७ सय जना यात्रुलाई क्वारेन्टाइनमा राखिएको थियो । अमेरिका फर्काइएकाहरुलाई पनि १४ दिन सम्म क्वारेन्टाइनमा राखेपछि मात्रै घर फर्काइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू