अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 01:09

महराको रिहाईपछि रोशनीको प्रतिक्रिया – उहाँ निर्दोष हुनुहुन्थ्यो

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:४३ मा प्रकाशित

पूर्वसभामुख कृष्णबहादुर महरा कारागारबाट रिहा भएपछि उनीमाथि बलात्कारको आरोप लगाएकी संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीले खुसी व्यक्त गर्दै महरा निर्दोष रहेको बताएकी छिन् । काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिएपछि रोशनीले महरा पहिले नै निर्दोष रहेको कुरा आफूले बताइसकेको उल्लेख गरेकी छिन् ।

गत असोज १२ गते तीनकुनेस्थित आफ्नै निवासमा महराले बलात्कार प्रयास गरेको आरोप उनले लगाएकी थिइन्। त्यसपछि महरा असोज १९ गते पक्राउ पर्नुभएको थियो । उहाँलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

महरा १३४ दिन डिल्ली बजार कारागारमा बसेर रिहा हुनुभएको छ । महराले रोशनीले लगाएको आरोपबाट सभामुख पद समेत गुमाउनु परेको छ भने सामाजिक रुपमा इज्जत माथि प्रश्न उठ्ने काम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू