अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 12:11

उत्तर कोरियामा कोरोनाका बिरामीलाई मृत्युदण्ड

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:४२ मा प्रकाशित

उत्तर कोरियामा कोरोना भाइरसबाट संक्रमित एक व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । क्वारेन्टाइनमा बस्न छाडेर सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै उनलाई मृत्युदण्ड दिइएको हो । दक्षिण कोरियाली समाचार एजेन्सीकाअनुसार ती व्यक्तिलाई कोरोना सार्न सहयोग गरी धेरैको ज्यान खतरामा पारेको भन्दै तत्काल पक्राउ गरेर मृत्युदण्ड दिइएको छ ।

उत्तर कोरियामा चीनबाट फर्किएका र चिनियाँ व्यक्तिसँगको सम्पर्कमा रहनेलाई क्वारेन्टाइनमा राखिएको छ । उत्तर कोरियाली नेता किम जोङ्ग ऊनले जारी गरेको क्वारेन्टाइनबाट कुनै अनुमती बिना बाहिर निस्कन नपाउने आदेश थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू