अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

राष्ट्रियसभा बैठक – सांसदको निधनमा शोक प्रस्ताव पारित

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:४० मा प्रकाशित

राष्ट्रियसभाले दुईजना सांसदको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज बसेको बैठकले नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य दुर्गा उपाध्याय र पहिलो संविधानसभा सदस्य सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

आन्द्राको क्यान्सरबाट उपाध्यायको फागुन २ गते शुक्रबार आफ्नै निवासमा निधन भएको थियो । सांसद उपाध्याय २०७४ सालको राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नम्बर ५ बाट काँग्रेसबाट राष्ट्रिय सभा सदस्यमा निवाचित हुनुभएको थियो ।

पूर्व संविधानसभा सदस्य सोमानीको गत माघ २५ गते शनिबार आफ्नै निजी निवास झापामा निधन भएको थियो । मृतकप्रति शोक प्रकट गर्दै राष्ट्रिय सभाले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । राष्ट्रियसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू