अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

सभामुख सापकोटा र नर्वेका राजदूत जोहानेसेँबीच आपसी हितमा छलफल

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:४० मा प्रकाशित

नर्वेले नेपालको आर्थिक तथा साँकृतिक विकासमा सहयोग गर्ने भएको छ । नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न जोहानेसेँले सभामुख अग्नि सापकोटासँग आपसी सहयोगको प्रतिवद्धता जनाउनुभएको हो ।

सभामुख सापकोटा र राजदूत जोहानेसेँबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुख कार्यकक्षमा भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहकार्यबारे छलफल भएको छ ।

भेटमा राजदूत जोहानेसेँले भर्खरै निर्वाचित हुनुभएका सभामुख सापकोटालाई शुभकामना व्यक्त गर्नुभयो । भेटवार्तामा राजदूत जोहानेसेँले दुवै देशको आर्थिक र सामाजिक विकासका लागि सहकार्य गर्न आपसी समझदरीमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू