अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 17:56

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:३७ मा प्रकाशित

सरकारले तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु गरेको छ । सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा बसेको ‘२५ सय ६४ औं बुद्ध जयन्ती तथा तेश्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलन २०७७ आयोजक समिति’को बैठकले विभिन्न उपसमिति गठन गरी सम्मेलनको तयारी शुरु गरेको हो ।

आगामी वैशाख १९ देखि २५ गतेसम्म भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको सम्मेलनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री तथा समितिका अध्यक्ष योगेश भट्टराईले वृक्षारोपण तथा सरसफाइ उपसमिति, अनुष्ठान कार्यका लागि उपसमिति, प्रदेश समन्वय उपसमितिलगायतका उपसमिति गठन गरिएको बताउनुभयो ।

उहाँले वैशाख १९ देखि २५ गतेसम्म सप्ताहव्यापि कार्यक्रमहरु सञ्चालन गरिने र २३ गते तेस्रो अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन हुने जानकारी दिनुभयो । सम्मेलनमा स्थानीय नगरपालिकाहरुको नेतृत्वमा विभिन्न थेमेटिक सेसन सञ्चालन हुने र अन्तिम दिन २५ गते लुम्बिनी क्षेत्रमा विश्वशान्ति र्याली आयोजना गरिने मन्त्री भट्टराईले बताउनुभयो ।

सम्मेलनमा करिब २५ देशका ३२ राज्यका प्रनिधिहरुलाई निमन्त्रणा पठाउन लागिएको मन्त्री भट्टराईले जानकारी दिनुभयो । यसबाहेक विश्वभरका बौद्धधर्मसँग सम्बन्धित संघसंस्था तथा प्रतिष्ठानहरु, बौद्ध विद्धान धर्मगुरु तथा व्यक्तिहरुले पनि सम्मेलनमा सहभागिता जनाउने छन् ।

त्यस्तै खर्च र व्यवस्थापनका लागि ‘कार्य सम्पादन तथा आर्थिक कार्यबिधी २०७६’ निर्माण भइसकेकोसमेत उहाँले बताउनुभयो । सम्मेलनका लागि सरकार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन वोर्ड, भ्रमण वर्ष सचिवालय र व्यक्तिगत तथा संस्थागत तवरबाट बजेटको व्यवस्थापन हुने मन्त्री भट्टराईको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू